काठमाडौँ ।
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन्।
भदौ ७ देखि ९ गतेसम्म हुने भ्रमण भियतनामतर्फबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले उपराष्ट्रपति यादवसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै अन्य उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव परेको वर्षमा भएको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्किनेछिन्।











प्रतिक्रिया