म पनि डाक्टर’ : ज्ञान, व्यवहार र संवेदनाको पाठशाला

10.72k
Shares

लकडाउनका बेला समय बिताउन पढेको कुराले कसैको जीवन जोगाउन मद्दत गर्छ भन्ने कुरा मैले कल्पनासमेत गरेको थिइँन । पढेको कुरा कहाँ काम लाग्छ थाहा हुँदैन । तर, जीवनमा कहीँकतै भने अवश्य काम लाग्छ भन्ने कुरामा भने म विश्वस्त छु । दाजुले डा। ओम मूर्ति अनिलको पुस्तक ‘म पनि डाक्टर’ ल्याउनुभएको रहेछ । लकडाउनको फुर्सदमा मैले सो पुस्तक आद्योपान्त अध्ययन गरेको छु ।

शुरुमा अल्छी गर्दै पढे पनि अध्ययन गर्दै जाँदा पुस्तकको विषयवस्तुले मलाई आकर्षित गर्‍यो । जसले गर्दा पुस्तक ध्यानपूर्वक अध्ययन गरेँ । उत्सुकता लाग्ने विषयलाई दोहोर्‍याएर समेत अध्ययन गरेको छु । साथै आवश्यकता परेको बेला अहिले पनि मैले उक्त पुस्तक पल्टाएर रोगका लक्षण र सजकताका बारेमा जिज्ञासा मेटाउँछु । यस अर्थमा उक्त पुस्तक मेरो ‘मेडिकल गाइड’जस्तै भएको छ ।

एक दिन घरबाट निस्किदै गर्दा बाटोमा मेरा एकजना छिमेकी बा भेटिनुभयो । मैले उहाँलाई सोधेँ–‘ओहो।।।बुबा हिजोआज कता हराउनुभयो, निक्कै दिनुभयो नभेटेको, छोराबुहारीलाई भेट्न अमेरिकातिर पो जानुभएछ कि भन्ने सोचेको थिएँ ।’ हामीहरू प्रायः विहान साथैजस्तो मध्य बानेश्वरदेखि हिँड्दै पशुपतिसम्म पुगेर फर्किन्थ्यौँ । भगवानको दर्शनसँगै मर्निङ वाक हुन्थ्यो । तर, धेरै दिनदेखि उहाँलाई भेटेको थिइँन ।

छिमेकी बाले मलाई जवाफ फर्काउँदै भन्नुभयो–‘हामीजस्ता बूढाबूढीहरू बाहिर हिँडेको घरपरिवारले त्यति रुचाउँदैनन् क्या बाबु । धुँवा धुलोको समस्या त छँदै छ, बाटोमा हिँड्दा चिप्लिएर लडिएला वा ड्याम्म बाइकले हान्ला भन्ने त्रास हुन्छ । त्यसैले हिजोआज मर्निङ वाक छोडेर म ट्रेड मिलमा दौडने गरेको छु ।’ उहाँलाई सुगर, प्रेसर रहेको मलाई थाहा थियो । त्यसैले सोधेँ–‘अनि, स्वास्थ्य चाहिँ कस्तो छ नि बा रु’ उहाँले भन्नुभयो–‘ठीकै छ, त्यहीँ दुईटा तीनवटा गोली सधैं खानुपर्छ । तर, बाबु हिजोआज त्यो ट्रेड मिलमा दौडँदा छाती दुख्छ । खै, बूढाबूढीलाई हुँदैन कि क्या हो ?’

उहाँको ‘छाति दुख्छ’ भन्ने वाक्य सुनेपछि म चनाखो भएँ । किनकी मुटुरोगको बारेमा मैले ‘म पनि डाक्टर’ पुस्तक पढेर धेरै कुरा थाहा पाउने भइसकेको थिएँ । साथै उहाँ सुगर प्रेसरको बिरामी पनि हुनुहुन्थ्यो । त्यसैले मलाई शंका लागेर फेरि सोधेँ–‘सधैं दुख्छ कि कहिले काहीँ दुख्छ बा रु’ उहाँले भन्नुभयो–‘दौडेको केही समयपछि छाती असजिलो भई दुख्छ । तर, दौडन छोडेपछि आफैं ठीक हुन्छ ।’ मैले सोधेँ– ‘जचाउनु भएको छैन’ । ‘अस्ती, औषधि लिन जाँदा प्रेसर नापेको थिएँ, ठिकै छ भन्थ्यो ।’ उहाँले भन्नुभयो ।

सुगर, प्रेसरको बिरामी हिँड्दा छाती दुख्छ भन्ने थाहा पाएपछि उहाँलाई कतै मुटुको समस्या त छैन भन्ने आशंका बढ्यो । मैले उहाँलाई सल्लाह दिँदै भने–‘बुबा एकपटक अस्पताल गएर डाक्टरसँग राम्रोसँग जचाउनुहोला, हेलचेक्रयाइँ गर्नु हुँदैन ।’ उहाँसँग छुट्टिएर म अफिसतिर लागेँ । अफिस गएपछि मनमा उहाँकै बारेमा कुरा खेल्यो ।

साँझ घर आएर फेरि ‘म पनि डाक्टर’ पुस्तकका पाना पल्टाऊँ । पुस्तकमा उल्लेख भएका मुटुरोगका लक्षणहरूमध्ये धेरै कुरा उहाँको अवस्थासँग मिल्दोजुल्दो थियो । मनले नमानेपछि साँझ उहाँकै घर गएँ । उहाँको स्वास्थ्यका बारेमा उहाँको परिवारलाई बताएँ । उहाँको छोरासँग पनि कुरा भयो । शंका गरेर बस्नुभन्दा एकपटक डाक्टरसँग जचाउन सल्लाह भयो । त्यसपछि उहाँहरू गंगालाल अस्पताल जानुभएछ । त्यहाँ उहाँको विस्तृत स्वाथ्य परीक्षण भयो । एन्जियोग्राफीका क्रममा उहाँको मुटुको रक्तनली ९० प्रतिशत टालिएको ९ब्लकेज० भइसकेको थाहा भयो । डाक्टरको सल्लाह बमोजिम ‘एन्जिप्लास्ट’ गरियो ।

केही दिनपछि उहाँ सामान्य जीवनमा फर्किनुभयो । घर फर्किएपछि म उहाँलाई भेट्न गएँ । उहाँले भन्नुभयो–‘बाबुले गर्दा मैले नयाँ जीवन पाएँ, उनले घरमै आएर जोडबल नगरेको भए म त अस्पतालसम्म पनि पुग्न नपाउने रहेछु नि, तिमीलाई डाक्टरी विद्या पनि आउँछ कि ज्योतिषी हौं रु’ हामी हाँस्यौ । वास्तवमा न म डाक्टर थिएँ न त ज्योतिषी । मैले ‘म पनि डाक्टर’ पुस्तक पढेपछि रोगको बारेमा जानकारी पाएको मात्रै थिएँ । यदि उक्त पुस्तक साङ्गोपाङ्ग अध्ययन नगरेको भए म सचेत हुने थिइँन । पुस्तकको अध्ययनकै कारण मलाई आशंका उत्पन्न गराएको थियो । त्यसको निराकरणका लागि चिकित्सकसँग परामर्शका लागि जोड दिएको थिएँ । जसले गर्दा उहाँ दुर्घटनाबाट जोगिनुभयो । केही वर्षपछि सो पुस्तकका लेखक डा। ओम मूर्ति अनिलसँग अनायास भेट भयो । पुस्तकबारे केही चर्चा पनि गरियो त्यसपछि लेख्ने प्रयास गरेको हुँ ।

पुस्तकको उद्देश्य

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल र मोटोपन जस्ता रोगहरुको कारणले नेपालमा ह्दय घात र मस्तिष्कमा जस्ता गम्भीर स्वास्थ्य समस्याहरू बढ्दै गएको छ । निम्न र मध्यम वर्गीय नेपालीका लागि मुटुरोगको उपचार महँगो र असहज रहेकाले आफू मुटुरोग विशेषज्ञ रहेको नाताले लेखकले बिरामी, समाज र देशप्रति आफ्नो दायित्व आत्मसाथ गर्दै देशको स्वास्थ्य समस्यालाई सबैको सामुन्ने ल्याउने प्रयास गरेको देखिन्छ ।

साथै, मुटु र रक्त नलीबाट संसारमा सबैभन्दा बढी मृत्यु हुने तर यसको रोकथाम र नियन्त्रण सजिलैसँग हुनसक्छ । तथापि, त्यसको रोकथामका निम्ति यथेष्ट उपायहरू परिचालन नभएको कारणले गर्दा सो पुस्तकमार्फत त्यसमा सघाउने उद्देश्य रहेको भन्दै लेखकले पुस्तक लेखनको मुख्य उद्देश्य प्रष्ट पारेका छन् ।

लेखकको भनाइमा उच्च रक्तचाप, मधुमेह, मोटोपन र अस्वस्थ जीवनशैलीका कारण उत्पन्न हुने मुटुरोगलगायतका जटिल स्वास्थ्य समस्याहरू नेपाली समाजमा तीव्र गतिमा बढिरहेको छ । अविकसित स्वास्थ्य सेवा, खर्चिलो उपचार प्रणाली र शिक्षाको अभावबीच जनस्वास्थ्यका लागि लेखिएको यो पुस्तक एक प्रकारको ‘नन–फिक्सन स्वास्थ्य गाइड’ हो ।

पुस्तकको संरचना र विषयवस्तु

३० अध्यायमा विभक्त पुस्तकको केन्द्रीय विषय मुटु र रक्त नलीसँग सम्बन्धित रोगहरू, तिनका लक्षण, उपचार, रोकथाम र जनचेतना फैलाउने उपायहरूमा केन्द्रित छ । प्रारम्भिक अध्यायहरूमा ह्दय घात, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल र नसासम्बन्धी समस्याहरूबारे वैज्ञानिक र व्यवहारिक जानकारी दिइएको छ । साथै अस्वस्थ जीवनशैली कसरी रोगको प्रमुख कारक बन्ने गर्छ रु भन्ने कुरालाई उदाहरणसहित व्याख्या गरिएको छ ।

ह्दय घातबाट सुरु भई १२औं अध्यायसम्म मुटु र रक्त नलीसँगै मधुमेह, उच्च रक्तचाप र अन्य नसर्ने रोगहरु र तिनका उपचार विधि र प्रक्रियाको विविध पक्षबारे जानकारी पाउन सकिन्छ । त्यसपछि १७औं अध्यायसम्म मुटु तथा नसासम्बन्धी रोगका कारक तत्वहरुको बारेमा अझ विस्तृत रुपमा थाहा हुन्छ । यस क्रममा अस्वस्थ जीवनशैलीको पाँच प्रमुख पक्ष अस्वस्थ आहार, शारीरिक गतिविधिको कमी, धुम्रपान, मदिरापान र मानसिक तनाव मात्रै होइन हाम्रो दैनिक जीवन कसरी अस्वस्थकर बन्दै गइरहेको छ भन्ने तथ्य पनि रोचक ढंगले दर्शाइएको छ ।

मानिसको दैनिक जीवन (विहान, दिउँसो, साँझ र राति) का हरेक गतिविधिलाई पुस्तकमा आकर्षक ढंगले चित्रसहित प्रस्तुत गरिएको हुँदा स्वास्थ्यसम्बन्धी ज्ञान अध्ययन भएका पाठकलाई मात्रै होइन सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पुस्तकको विषयवस्तु सजिलै बुझ्न सक्छन् ।

आहार र पोषण बीचको तालमेल

पुस्तकको १८ र १९औं अध्यायमा खाना र पोषणसम्बन्धी विशेष जानकारी दिइएको छ । कुन खानामा के–के तत्व हुन्छन्, ती स्वास्थ्यका लागि कति लाभदायक र कति हानिकारक छन् रु भनेर वैज्ञानिक आधारमा तुलना गरिएको छ । चिनी, नुन र चिल्लो कम खाने तर रेशादार खाना, तरकारी, फलफूल र सागपात प्रशस्त खान लेखकले सुझाव दिएका छन् । त्यस्तै ड्राई फ्रुटस् र खाने तेलहरुमा पाइने तत्व र स्वास्थको दृष्टिकोणले तिनका फाइदा, बेफाइदाहरूको विषयमा पनि पुस्तकमा गहिरो विश्लेषण गरिएको छ ।

शारीरिक गतिविधि र जीवनशैली

पुस्तकको २०औं अध्यायमा हप्तामा पाँच दिन कम्तीमा ३० मिनेटको शारीरिक गतिविधि नहुनु स्वास्थ्यका लागि घातक मानिँदै आएको तथ्य उल्लेख गरिएको छ । साथै परिवारका सबै सदस्यले एक अर्कालाई शरीर स्वस्थ राख्न प्रेरित गर्नुपर्ने कुरालाई पनि जोडदार रूपमा उठाइएको छ । शारीरिक गतिविधिमा कमी मृत्युका प्रमुख कारणमध्ये चौथो स्थानमा रहेको तथ्य उजागर गर्दै शारीरिक गतिविधि बढाउन पुस्तकमा उत्प्रेरणा दिइएको छ ।

चिकित्सकीय परामर्श लिँदा ध्यान दिनुपर्ने

पुस्तकको २१औं अध्यायमा ‘डाक्टरसँगको भेट’ले पाठकलाई अझ सशक्त र गम्भीर बनाउँछ । पुस्तकमा लेखकले सही डाक्टर छान्ने तरिका, विशेषज्ञको पहिचान, शैक्षिक योग्यता बुझ्ने तरिका, जाँच गराउँदा बिरामी वा आफन्तले ध्यान दिनुपर्ने कुरालाई पनि विस्तृत रूपमा समेटिएको छ । यसले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पर्याप्त जानकारी हुन्छ । साथसाथै बिरामीको स्वास्थ्य स्थितिका बारेमा चिकित्सकलाई बुझ्नका निम्ति बिरामीले आफ्नो स्वास्थ्यका बारेमा सविस्तार बताउनुपर्छ भन्ने कुराको बोध पुस्तकले गराएको छ ।

रोगबारे ज्ञान र जनचेतनाको प्रयास

पुस्तकका पछिल्ला अध्यायहरू ९२२ देखि ३० सम्म० लेखकले छाती दुखाइका वैकल्पिक कारणहरू, टाउको दुख्नु, बेहोस हुनु, पेटको दुखाइ, थाइराइड लगायतका स्वास्थ्य समस्या र त्यसका लक्षण एवम् उपचार तथा औषधिको सही प्रयोगलाई सुक्ष्म ढंगले जानकारी दिएका छन् ।

त्यस्तै केही मेडिकल शब्दावलीहरूलाई समावेश गर्दै साधारण पाठक, बिरामी तथा स्वास्थ्यकर्मी सबैका लागि बुझ्न सजिलो होस् भन्ने हेतुले सरल तरिकाबाट प्रस्तुत गरिएको हुँदा पुस्तकलाई उपयोगी रहेको छ । विभिन्न रोगमा प्रयोग हुने केही प्रमुख औषधि, औषधि सिफारिस गर्ने बेलामा डाक्टर र औषधि किन्ने तथा खाने बेलामा बिरामी तथा आफन्तले ध्यान पुर्याउनुपर्ने कुरालाई पनि पुस्तकमा केलाइएको छ । पुस्तकको अधिकांश ठाउँमा बिरामीले होस पुर्याउनुपर्ने कुरालाई जोडदार रुपमा प्रस्तुत गरिएको छ । साथै आवश्यकता अनुसार कतिपय ठाउँमा औषधि सिफारिस गर्दा डाक्टरले पनि होस पुर्याउनुपर्ने कुरा उल्लेख गरिएकाले पुस्तक सर्वपक्षीय बनेको छ ।

पुस्तकको शैली र प्रस्तुति

पुस्तकका अध्यायहरू रोगको परिचय, लक्षणबाट शुरु हुँदै रोगको कारण, उपचार, सजगता, रोग नियन्त्रणका उपायसम्म पुगेर महत्वपूर्ण सन्देशबाट समाप्त हुन्छ । त्यसक्रममा पाठकलाई कतिपय कुरा दोहोरिएको जस्तो अनुभूति हुनसक्छ । तर, त्यसलाई पाठकको स्मरणमा स्थायित्व दिनको लागि सचेत तरिकाले गरिएको मान्न सकिन्छ । रंगीन र आकर्षक चित्र, प्रस्ट भाषा शैली, नेपाली परिवेशमा आधारित दृष्टान्तहरूले पुस्तकलाई प्रभावकारी बनाएको छ ।

विकसित तथा अविकसित राष्ट्रबीच मुटु र रक्त नलीसम्बन्धी रोगहरुको प्रकोपबारे तुलनाात्मक अवस्था चित्रण गर्दै लेखक भन्दछन्–‘हामीमध्ये धेरैलाई लाग्नसक्छ ह्दय घात र मस्तिष्क घात धनी र विकसित राष्ट्रहरुमा मात्र हुन्छ होला । तर, यो धारणा गलत हो । पछिल्लो दुई दशकमा यी रोगहरूबाट मर्नेहरूको संख्या अविकसित र गरीब राष्ट्रहरुमा बढ्दै गइरहेको देखिन्छ, बरु विकसित राष्ट्रहरुमा नाटकीय ढंगले यो समस्या घट्दो दरमा रहेको छ । यसो हुनुको मुख्य कारण जनचेतनाले जीवनशैलीमा ल्याएको परिवर्तन र उपचारको राम्रो सुविधा हो ।’ नेपालमा पनि जनचेतना कमी र अस्वस्थ जीवनशैलीले गर्दा यस्तो समस्या व्यापक हुँदै गएको छ ।

सामाजिक कारण

लेखकले नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा नसर्ने रोगहरू खासगरी मुटुरोगको भयावह स्थितिलाई ‘जनस्वास्थ्य आपत्’को रूपमा हेरेका छन् । विभिन्न रोगबाट मृत्युमध्ये ६३ प्रतिशत नसर्ने रोगको कारणबाट भएको छ । यसको ८० प्रतिशत रोग आर्थिक रूपले पिछडिएका राष्ट्रहरुमा भएको तथ्यांक दर्शाएको छ, अविकसित राष्ट्रहरुमा पैसा कमाउने उमेरका ९६० वर्षभन्दा कम० व्यक्तिमा नसर्ने रोगको प्रकोप बढी भएको देखिन्छ । यसबाट गरीब राष्ट्रहरुको आर्थिक विकासमा झन् नराम्रो असर पारेको छ । तथ्यांक अनुसार, नसर्ने रोगहरूबाट मृत्यु हुनेमध्ये ४८ प्रतिशत मुटु र रक्तनली रोगका कारण, २१ प्रतिशत क्यान्सर, १२ प्रतिशत फोक्सो, ३ प्रतिशत मधुमेह, अन्य कारण १६ प्रतिशत रहेको छ । यस्तो समयमा वैज्ञानिक जानकारी दिने पुस्तकको खाँचोलाई प्रष्ट देखिन्छ ।

मूल्य र पुनः प्रकाशन

झट्ट हेर्दा पुस्तकको मूल्य १ हजार रुपैयाँभन्दा बढी देखिँदा नेपालको बजार र जनताको क्रय शक्तिका आधारमा महँगो लाग्नसक्छ । तर, विषयको गहिराइ, विषयवस्तुको जानकारी, गुणस्तरीय तथा रंगीन छपाइ र पुस्तकको बिक्री प्राप्त रकमबाट मुटु रोगसम्बन्धी जनचेतना फैलाउन खर्च गरिने उद्देश्य राखिएको हुँदा मूल्य उचित नै ठहरिन्छ । पुस्तकको औचित्य र सान्दर्भिकता रहेकै कारण १० वर्षपछि पुनः प्रकाशन हुनु र बजारमा माग यथावत रहनुले त्यसलाई प्रमाणित गर्दछ ।

पुस्तकमार्फत सामाजिक कार्य

पुस्तकको समीक्षा गर्दै गर्दा पुस्तकको अध्ययन गर्न जरुरी त छँदैछ । सँगसँगै एक दशक अगाडि प्रकाशित भइसकेको पुस्तक रहेकाले त्यसपछिका दिनमा पुस्तकसँग सम्बन्धित गतिविधिलाई पनि अध्ययन गर्ने प्रयास मैले गरेँ । ‘म पनि डाक्टर’को विषयमा इन्टरनेटमा खोज्दै गर्दा यस विषयमा विभिन्न तथ्यहरू फेला पर्दछ । तीमध्ये मलाई घत लागेको विषय चाहिँ लेखकले आफ्नो पहिलो पुस्तक लेखन स्वास्थ्य सचेतनाबाट शुरूवात गरेका छन् ।

आफ्नो उद्देश्य अनुरुप उनी सफल पनि भएका छन् । साथसाथै उद्देश्य पूरा गर्नका लागि उनको अथक प्रयास पनि पढ्न पाइन्छ । जस्तै सन् २०१४ मा लेखकले सञ्चालन गरेको निःशुल्क बृहत् मुटु शिविरमा स्वयम् सेवकलाई पुस्तक निःशुल्क वितरण गरिएको रहेछन् । साथै स्वास्थ्य विषयमा कलम चलाउने सञ्चारकर्मीहरू, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विद्यार्थी तथा पुस्तकालयहरूलाई पनि निःशुल्क प्रदान गरिएको रहेछ ।

ताकि स्वास्थ्यका बारेमा लेख्नेहरूलाई बुझ्न सजिलो होस्, ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई सेवा प्रभाव गर्न सहज होस् र समाजमा प्रत्यक्ष सरोकार राख्ने हरेक तहको ज्ञान वृद्धि गरिएको खण्डमा समाजले छिटो लाभ लिन सक्छ भन्ने उद्देश्य राखेको पाइन्छ । त्यसैको फलस्वरुप १०र११ वर्षको अवधिसम्म देशका विभिन्न भागमा ५ हजार प्रतिभन्दा बढी ‘म पनि डाक्टर’ पुस्तक निःशुल्क वितरण भइसकेको छ ।

लेखकले आफ्नो निजी खर्चमा प्रकाशन गरेको पुस्तकको हजारौं प्रति समाजमा चेतना बढाउनका निम्ति वितरण गर्नु समाजमाथि बौद्धिक मात्रै होइन आर्थिक लगानी पनि हो । मेरै आग्रहमा वि।सं। २०८१ को अन्त्यतिर डा। ओम फाउन्डेसनले पर्वतको फलेबासस्थित मोती पुस्तकालयमा केही थान ‘म पनि डाक्टर’ निःशुल्क प्रदान ग¥यो । अहिले त्यहाँ त्यो पुस्तकले स्थानीयमा सकारात्मक प्रभाव पारेको प्रतिक्रिया सुन्न पाउँदा खुशी लाग्छ ।

निष्कर्ष

‘म पनि डाक्टर’ केबल पुस्तक मात्रै नभएर स्वास्थ्यसम्बन्धी जनजागरणको एउटा अभियान हो । एक चिकित्सकको सामाजिक दायित्वबोध, सामान्य पाठक र बिरामीप्रति देखिएको जिम्मेवारी र विज्ञान, अनुभव, समाजशास्त्र र व्यावहारिकता मिश्रित लेखनशैलीले यस पुस्तकलाई नेपाली स्वास्थ्य साहित्यको महत्वपूर्ण कृति बनाएको छ । पोषण विज्ञान, रोगको उपचारदेखि रोकथाम, चिकित्सकीय परामर्श हुँदै सामाजिक उत्तरदायित्वसम्मका विषयवस्तु समेटिएकाले यो पुस्तक हरेक नेपालीको घरमा हुनुपर्ने, बारम्बार पढिने, आत्मसात गरिने सन्देश मूलक कृति हो ।

त्यस्तै यो पुस्तकलाई हरेक विद्यालयमा व्यवहारिक स्वास्थ्य शिक्षाका रुपमा अध्ययन अध्यापनको व्यवस्था मिलाउन, ग्रामीण क्षेत्रका सामुदायिक पुस्तकालयमा राख्न तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीले सहयोगी पुस्तकका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसका निम्ति यो पुस्तक गाउँ गाउँसम्म पुर्याएर जनतालाई सुसूचित गराउने र रोगको रोकथाम तथा नियन्त्रणसँगै स्वास्थ्य जटिलताको बारेमा पूर्वजानकारी दिने भएकाले यो मानिसको जीवन रक्षा गर्ने रक्षा कवचको उपमा दिँदा अतिशयोक्ति हुँदैन । किनकी मेरा छिमेकी बाको नयाँ जीवनको श्रेय मलाई होइन ‘म पनि डाक्टर’ पुस्तकलाई जान्छ ।

पुस्तकको नाम : म पनि डाक्टर
लेखक : डा. ओम मूर्ति अनिल
प्रकाशक : क्रियटिभ प्लानेट, नयाँ दिल्ली, भारत
प्रथम प्रकाशन : सन् २०१३
दोस्रो संस्करण : सन् २०२३

( फलेबास नगरपालिका, पर्वत)