कोटेश्वर अन्डरपास २०९० मा सम्पन्न हुने, जापानको ३० अर्ब सहयोग

58.75k
Shares

काठमाडौं ।

काठमाडौंको कोटेश्वर अन्डरपास २०९० साल भदौ १५ भित्र सम्पन्न हुने भएको छ। करिब ३० अर्ब रुपैयाँ जापानी ऋण सहयोगमा बन्ने यो परियोजनाको लागि आगामी सेप्टेम्बरमा ऋण सम्झौता गरिनेछ।

आगामी वर्ष चैतसम्ममा डीपीआर र ईआईए सम्पन्न गरिनेछ भने २०२८ अप्रिलमा ठेक्का सम्झौता भई ५२ महिनामा निर्माण कार्य सकिनेछ।

त्रिभुवन विमानस्थल क्षेत्रभित्र सुरुङसहित तीनकुनेदेखि मनोहरा क्षेत्रसम्म फ्लाइओभर निर्माण गरिनेछ। हाल जाइकाले प्रारम्भिक सर्वेक्षण गरिसकेको सडक विभागले जनाएको छ।