शिक्षा लोकतन्त्रको आधार हो : डा. शेखर कोइराला


काठमाडौँ ।

काठमाडौँमा आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सवमा नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको बताए।

यस्तो अवस्थाबाट उकास्न विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

कोइरालाले साना अनुदानले मात्र विद्यालयको विकास नहुने भन्दै शिक्षा लोकतन्त्रको आधार भएकाले यसलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।

उनले सामुदायिक विद्यालय सबल बनाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।