आज शुक्रबार रिलिजमा आउने फिल्म जनै हराएको मान्छे : सम्बन्धका धागाहरूले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ।
रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांश भावुक देखिए। केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार फिल्म हेर्दा रोइरहेका पाइए।
बुबा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा फिल्ममा हेरिरहँदा रुवाएको उनीहरूले प्रतिक्रिया दिएका छन्। फिल्मले आफूहरूलाई जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रिमियरमा फिल्म हेर्नेहरूको प्रतिक्रिया छ।
बुबा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुबाआमाप्रतिको जिम्मेवारी निर्वाह गर्ने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया छ।
केकी अधिकारी र विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतले अभिनय गरेको फिल्म हालसम्मकै सर्वाधिक धेरै कमाई गर्ने फिल्म पूर्णबहादुरको सारंगीपछि विजय बरालले मुख्य भूमिकामा अभिनय गरेको फिल्म हो।
पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्मित फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका छन्।











प्रतिक्रिया