नेपालसँगै भारतमा पनि हेयर स्टाइलको क्षेत्रमा लोकप्रियता कमाइरहेका हेयर स्टाइलिस्ट नील डेभिड कटुवालले भारतमा अवार्ड चुमेका छन्।
कटुवालले हालै सिलीगुडीमा आयोजित फिष्ट इन्डिया बिजनेस अवार्ड–२०२५ मा मेकअप एण्ड स्टाइलिङ विधामा बिजनेस एक्सिलेन्स अवार्ड चुमेका हुन्। उनी सोही शहरमा सम्पन्न फेशन, आर्ट एण्ड लाइफस्टाइल अवार्ड अफ इन्डिया–२०२५ (ईएफएल अवार्ड) मा समेत पुरस्कृत भएका छन्। कार्यक्रममा उनको नील डेविड्स सलूनले बेस्ट सलून चेन अफ नर्थ बंगाल–२०२५ को अवार्ड प्राप्त गर्न सफल भयो।
लक्ष्मीपुर, झापाका कटुवालले यसरी एकै साताभित्र भारतका दुई अवार्ड चुमेका हुन्। नेपाल र भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका उनका नील डेविड्स युनिसेक्स सलून लोकप्रिय छन्।
कटुवालले विभिन्न देशमा गएर हेयर स्टाइलको अध्ययन गरी यो पेसालाई अगाडि बढाउने क्रममा अत्याधुनिक शैलीको युनिसेक्स सलुनलाई अगाडि ल्याएपछि नेपालमा यो क्षेत्रमा क्रान्ति नै आएको थियो। फेसन डिजाइनिङमा रुचि राख्ने उनले त्यसका लागि झापाबाट १२ क्लास पास गरेपछि काठमाडाैआएर आईएलटीएस पढेका थिए।
त्यसपश्चात क्यानडा, यूके, जर्मन, फ्रान्सलगातयका देश पुगे करियर बनाउने सोच बनाएका उनको ७ पटकसम्म भिसा रिजेक्ट भएपछि अचानक यूकेका नागरिक डेभिड भाइनासँग भेट भयो। पासपोर्ट हराएर बिलखबन्दमा परेका उनलाई नीलले सहयोग गरे। त्यसबाट प्रभावित भएका भाइनाले फर्कने बेलामा केही रकम दिन खोजे, तर नीलले लिएनन्।
यसबाट झनै प्रभावित भएका भाइनाले एकदिन फोन सम्पर्कमा मेरो पनि कोही छैन, म तिमीलाई छोरा बनाउँछु, कुन देशमा पढ्न चाहन्छौ पढाउँछुु भनेर उनलाई धर्मपुत्र बनाउने प्रस्ताव गरे। उनकै सहयोगमा नीलले दिल्ली पुगेर १८ महिनासम्म फेसन डिजाइनिङबारे पढे। त्यसै क्रममा सिंगापुर पुगेको समयमा कपाल काट्न सैलुन पुग्दा केटाले केटी र केटीले केटाको कपाल काटेको देखेर उनलाई अचम्म लाग्यो। उनले त्यसै बेला आप्mनै देशमा यही पेसा अपनाएर देशलाई चिनाउँछु भन्ने सोचेर उनले हेयर स्टाइलिङमा करियर शुरु गरेका थिए। भारतमा जावेद हविवको एकेडेमीमा ६ महिना र त्यसपछि थाइल्यान्ड, लन्डनलगायतका देशमा हेयर स्टाइल पढेर यो करियर शुरु गरेका नीलले अहिले भारत नै पुगेर यो क्षेत्रमा आफनाे नाम चम्काइरहेका छन्। यूकेका डेभिड भाइनाले धर्मपुत्र बनाएपछि उनले आप्mनो नाममा उनको नाम थपेर नील डेभिड कटुवाल लेख्न
थालेका हुन्।











प्रतिक्रिया