काठमाडौँ ।
वैदेशिक रोजगारीको नाममा गत ११ महिनामा ५ हजार ५५४ वटा ठगी उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१|८२ मा मात्र ४ हजार ९७४ उजुरी परेका थिए भने साउन महिनामा थप ५८० उजुरी दर्ता भएका छन् ।
गत वर्ष परेका उजुरीमध्ये ५२८ मिलापत्र र २१५ मुद्दा अदालत पुगेका छन् । जसबाट ३२ करोड ८७ लाखभन्दा बढी क्षतिपूर्ति उठाइएको विभागले जनाएको छ । साउन महिनामा पनि ७४ उजुरी मिलापत्र र २६ मुद्दा अदालत पुगेका छन् ।
प्रहरी शाखामा मात्रै ५ हजार ३३७ उजुरी दर्ता भएका छन् । तीमध्ये ४ हजार ८७६ फर्छ्यौट भए पनि अझै ४४९ उजुरी बाँकी छन् । साउन महिनामा थप ५२२ मुद्दा दर्ता भएका थिए ।
श्रम स्वीकृति लिनेहरूको संख्या बढेसँगै ठगीका घटना समेत बढेको सरोकारवालाहरूले बताएका छन् । प्रायः आफन्त, रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी तथा कन्सल्टेन्सीमार्फत युवा ठगिने गरेको देखिन्छ ।











प्रतिक्रिया