उपसभामुखमाथि महाभियोग सम्भव छैन : भिम उपाध्याय


काठमाडौँ ।

पूर्वसचिव भिम उपाध्यायले उपसभामुखमाथि महाभियोग लगाउने कुनै संवैधानिक व्यवस्था नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था भए पनि उपसभामुखलाई महाभियोग लगाउन सकिने प्रावधान उल्लेख नगरिएको प्रष्ट पारेका हुन् ।

उनका अनुसार संविधानको धारा ९१ ले मात्र सभामुख वा उपसभामुखले पद अनुसारको आचरण नगरेको ठहर भएमा प्रतिनिधिसभाको दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरेपछि पद रिक्त हुने व्यवस्था गरेको छ । त्यसैले उपसभामुखमाथि महाभियोगको प्रक्रिया नलाग्ने र पद अनुरूपको आचरण नगरेको प्रमाणित गर्न कठिन हुने उनले टिप्पणी गरेका छन् ।