भ्रष्टाचारका परियोजनाले जनतालाई सुविधा होइन सास्ति मात्र : पूर्वसचिव भिम उपाध्याय


काठमाडौं ।

पूर्वसचिव भिम उपाध्यायले हालसम्मका ठूला सरकारी परियोजनाहरू जनतामुखी नभई भ्रष्टाचारमुखी बनेको आरोप लगाएका छन्। नागरिक एप, राष्ट्रिय परिचयपत्र, स्मार्ट लाइसेन्स, इम्बोष्ड नम्बर प्लेट, गेटवे पेमेन्ट, एमडीएमएस र टेराम्याक्सजस्ता कार्यक्रमहरू जनतालाई कुनै सुविधा नदिई ठूला दलका नेता, कर्मचारी र दलालहरूको मिलेमतोमा अर्बौँ ऋण बोकेर भ्रष्टाचारमार्फत धन कमाउने माध्यम मात्र बनेको उनको टिप्पणी छ।

उपाध्यायका अनुसार यस्ता परियोजनाबाट जनताले राहत वा सुविधा पाउने त परै जाओस्, बरु झनै सास्ति भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। उनले यस्ता भ्रष्टाचारपूर्ण अभ्यास तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्।