नेपालसँगै भारतमा पनि हेयर स्टाइलको क्षेत्रमा लोकप्रियता कमाइरहेका हेयर स्टाइलिस्ट नील डेभिड कटुवालले पहिलोपटक भारतमा अवार्ड प्राप्त गरेका छन्।
कटुवालले हालै सिलीगुडीमा आयोजित फिस्ट इन्डिया बिजनेस अवार्ड–२०२५ मा मेकअप एन्ड स्टाइलिङ विधामा बिजनेस एक्सिलेन्स अवार्ड चुमे। उनी सोही शहरमा सम्पन्न फेसन, आर्ट एन्ड लाइफस्टाइल अवार्ड अफ इन्डिया–२०२५ (ईएफएल अवार्ड) मा समेत पुरस्कृत भए। कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
जसअन्तर्गत उनको नील डेविड्स सलुनले बेस्ट सलुन चेन अफ नर्थ बंगाल–२०२५ को अवार्ड प्राप्त गर्न सफल भयो।
लक्ष्मीपुर, झापाका कटुवालले यसरी एकै साताभित्र भारतका दुई प्रतिष्ठित अवार्ड जितेका हुन्। नेपाल र भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका उनका नील डेविड्स युनिसेक्स सलुन लोकप्रिय छन्।
माग्ने राजा ः लोकप्रिय हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा‘ राजधानीको एक कलेजमा भोलि शुक्रवारदेखि रिलीजमा आउन लागेको आप्mनो फिल्म माग्ने राजाबारे विद्यार्थीलाई जानकारी गराउँदै ।











प्रतिक्रिया