तीजलाई जुँगा कालो पारेर


हिन्दु महिलाहरूको विशेष पर्व तीज नजिकिँदै गर्दा बजारमा तीजसम्बन्धी गीत–संगीतको रौनकता बढ्दै गएको छ।
यसै माहोललाई अझै रंगीन बनाउन गायक श्रीकृष्ण बम मल्ल र गायिका बुनु श्रेष्ठको स्वरमा सजिएको नयाँ तीज गीत जुँगा कालो पारेर हालै सार्वजनिक गरिएको छ। गीतमा शब्द रचना र संगीत पनि श्रीकृष्ण बम मल्लकै रहेको छ।

मौलिक शैलीको सो तीज गीतको भिडियोको रोचक पक्ष भनेको हास्य कलाकार तथा गायक यमन श्रेष्ठको विशेष प्रस्तुति हो। परिकल्पना, स्क्रिप्ट, संवाददेखि अभिनय र नृत्यसम्म समेटिएको भिडियोले शुरूवातमै रमाइला संवादले दर्शकलाई हसाउँछ।
गीतले विवाहित जोडीबीचको प्रेम, ठट्टा र जीवनशैलीलाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ।

जुँगा कालो बनाएर आफैँ हिरा बन्छिन्, मेरी बुढी नक्कली भई मलाई भन्छिन्
गीतमा महिला स्वरले भनेको छ।

जे लाए पनि मेरी कालीलाई चट्ट सुहाउँछ, अर्धवैँशे जवानीले मलाई रुवाउँछ
पुरुष स्वरले भन्छ।

भिडियोलाई अझ आकर्षक बनाउन बुनु श्रेष्ठ र बिना राउतसँगै यमन श्रेष्ठले अभिनय गरेका छन्। राजिव समरको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा पशुपति श्रेष्ठ, बन्द्री श्रेष्ठको छायांकन तथा केटेन्द्र शाहको सम्पादन रहेको छ। स्टुडियो साउन्डमिलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको तीज गीतले यस वर्षको तीजलाई झन् रमाइलो बनाउन थालेको छ।