देशभर मौसम बदली, बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अधिकांश प्रदेशमा बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

बागमती प्रदेशका पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका पहाडी भूभागमा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।