नेपाली समाज अझै पनि अन्तरमुखी स्वभावको छ—मनमा लागेको कुरा भित्रै गुम्स्याएर राख्ने, खुलस्त भन्न नखोज्ने। पितृसत्तात्मक सोचले महिलालाई दबाएर राखेको यो समाजमा, तेस्रोलिंगीको अवस्था अझ पीडादायी छ। आप्mनो पहिचान लुकाएर, समाज, परिवार र आफन्तको डरमा उनीहरू नारकीय जीवन बिताउन बाध्य छन्।
यही पीडा र संघर्षको चित्रण गुन्यु चोलो : द ड्रेस फिल्मको ट्रेलरमै आइसकेको छ। ट्रेलरमा एक यस्तो छोरोको कथा छ, जसको स्वभाव र चाहना महिलाजस्तो छ। हातमा छनछन चुरा, आखामा गाजल, शरीरमा सारीचोलो। तर, उसको चाहना परिवार र समाजले स्वीकार्दैन।
बाबुले उसलाई लाउरे बनाउन खोज्दै दैनिक टर्चर गर्छन्, वरिपरिको सबैको नजरमा हेय मात्र।
यस कथालाई समेटेको फिल्मको ट्रेलरले अहिले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। ‘हामीले जुन अपेक्षासहित फिल्म बनाएका थियौैैै“, ट्रेलरको प्रतिक्रियाले त्यो सफलताको नजिक पुगेको संकेत दिएको छ’ निर्देशक समुन्द्र भट्ट भन्छिन्, ‘यस फिल्ममार्फत् हामीले लामो समयदेखि दबिएको समुदायको आवाज बोल्ने प्रयास गरेका छौ“।’ मुख्य अभिनेता नाजिर हुसेन पनि फिल्मप्रति उतिकै आशावादी छन्।
दशकअघिको होस्टेलले उनलाई चिनाएको भए पनि यो फिल्ममार्फत् नया“ र चुनौतीपूर्ण चरित्रमा दर्शकमाझ आउने विश्वास उनले व्यक्त गरेका छन्।
आगामी भदौ १३ गते रिलिज हुने फिल्म पारालैंगिक महिला (ट्रान्सवुमन) को कथामा बनेको नेपालकै पहिलो पूर्णरूपको ट्रान्स स्टोरी हो। फिल्ममा नाजिरसगै सञ्चिता लुईंटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतले अभिनय गरेका छन्।
अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको यो फिल्मको एडिट, कलर, मिक्सिङदेखि ब्याकग्राउन्ड म्युजिकसम्मका सम्पूर्ण पोस्ट–प्रोडक्सन विदेशमा, हलिउड स्तरमा गरिएको छ। हलिउडकी लिजा जेरार्डले (जसले ग्ल्याडिएटर–२ मा पनि स्वर दिएकी थिइन्) यसमा स्वर दिएकी छिन् भने मार्सेलो दी फ्रान्सिसीले ब्याकग्राउन्ड म्युजिक तयार पारेका छन्।
नेपाल र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता। छायांकन आलोक शुक्लाको, गीत रचना लेखु सहयात्रीको रहेको छ। फिल्म अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा पनि छनोट भएको छ।











प्रतिक्रिया