हिन्दु महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा लोकप्रिय ब्युटिसियन सुष्मा महराले नयाँ तीज गीत आयो तीज सार्वजनिक गरेकी छन्।
फेसियल हाउसकी सञ्चालिका महराले तीजको अवसरमा आफ्नै कथामा आधारित तीज गीत दर्शकमाझ ल्याएकी हुन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको छ। गीतमा महराको शब्द रचना, पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेन्जमेन्ट रहेको छ।
गीतको भिडियोमा महरासँगै टिकटकमार्फत चर्चामा आएकी मोडल प्यारीलगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ। शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा रोहिया महर्जनको कोरियोग्राफी, चक्रबहादुर बरालको छायाकंन र सतीश श्रेष्ठको सम्पादन रहेको छ। म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको छ।











प्रतिक्रिया