काठमाडौं।
वर्तमान गीतसंगीत क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो रेखा पोखरेल । स्टुडियोमा होस् या प्रत्यक्ष दोहोरीमा होस् यती बेला वर्चस्व कमाउन सफल उनै गायिका हुन् रेखा पोखरेल । चार–पाँच महिनाको छोटो अवाधिमै झण्डै ९० भन्दा बढी एल्बम, साठीभन्दा बढी लाइभ दोहोरी गीत गाउन सफल गायिका रेखा नेपाली गीतसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेका छन् ।
हाल रेखा नेपाली गीतसंगीत क्षेत्रमा एक चम्किलो ताराको रूपमा आफूलाई स्थापित गराउन सफल छन् । बुबा खगराज पोखरेल र आमा तुलसी पोखरेलको कोखबाट दाङ जिल्लाको बंगलाचुली गाउँपालिका–१ स्युजा खाँडामा जन्मिनु भएकी रेखा सानैदेखि गीत गाउन अब्बल थिइन् । उनी सानै उमेरदेखि समाजमा हुने गरेका विभिन्न सांस्कृतिक कार्यक्रम तथा विद्ययालयस्तरीय संस्कृतिक कार्यक्रमहरूमा भाग लिई आफ्नो कला प्रस्तुत गर्न सफल थिइन् । दाङकै शिव प्रा.वि. खाँडामा प्राथमिक तहसम्मको अध्यनपश्चात् श्री महेन्द्र मा.वि. स्युजा बोच पोखराबाट माध्यामिक तहको शिक्षा पूरा गरी हाल महेन्द्र मल्टिपल क्याम्पसमा बिबिएस दोस्रो वर्ष अध्यनरत रेखा अहिले गीतसंगीत क्षेत्रको सफल कलाकारको दर्जासमेत प्राप्त गर्न सफल हुन ।
गायिका रेखा भन्छिन्, ‘मलाई यो क्षेत्रमा स्थापित गराउन श्री चौधरी दादा, भोज राज थापा र मेचिकाली टिमको ठूलो योग्दान रहेको छ । उहाँहरूको साथ र सपोर्टले नै अहिले यहाँसम्म आउन सफल भएको छु ।’ उहाँहरूको सपोर्ट पाएकै कारण म कलाकार बन्ने सपना बोकेर २०८१ फाल्गुन १७ गते म काठमाडौं आएको बताउछिन् । काठमाडौं आएको दुई–तीन दिनमै रेखाको पहिलो एल्बम भाग्यमा श्री छ । रेखा भन्छिन्, ‘बोलको गीत सार्वजनिक गरे जुन गीत मेरा भगवान रूपी दर्शक श्रोताहरूले अत्यधिक मन पराई दिनुभयो अनि मलाई झन् हौसाला मिल्यो । त्यसै क्रम्मा सुनिल बिसि दादाको पनि साथ सपोर्ट पाए भने अग्रज कलकार आदरणीय दादा रोशन सिंहसँग गीत गाउने अवसर पनि पाए झन् धेरै खुशी भए ।’
त्यसपछि उनी दिन दिनै एल्बम रेकर्ड र लाइभ दोहोरीमा व्यस्त भईन् भने देशै भर आयोजना हुने मेला महोत्सवमा समेत सहभागी भई आफ्नो प्रस्तुती दिन व्यस्त रहिन् । उनका हालसम्म भाग्यमा श्री छ, ऐन हेरेर, माया साह्रै छ, देखाउनलाई होइन मायालगायत दर्जनौ चर्चित गीतले गायिका रेखा पोखरेल भनेर चिनाउन सफ रह्यो । रेखा भन्छिन्, साथ, हौसला दिइरहनु हुने सहयोगी सबैमा हृदयदेखि हार्दिक आभार प्रकट गर्दै भगवान रूपी श्रोता, दर्शकबाट पनि अगामी दिनहरूमा पनि यस्तै माया पाइरहूँ भन्ने आशा व्यक्त गर्छिन् ।











प्रतिक्रिया