सिन्धुलीमा अस्पताल जाँदाजाँदै बाटैमा सुत्केरी


काठमाडौँ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ लाकुडाकी एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्नुअघि बाटोमै शिशु जन्माएकी छन्।

सुत्केरी हुन लागेको सूचना पाएलगत्तै महेन्द्रझ्याडी स्वास्थ्य चौकीका नर्सिङ टोली घटनास्थल पुगेका थिए।

आवश्यक स्वास्थ्य सेवा दिएर सालनाल काटी आमा र शिशुलाई एम्बुलेन्समार्फत स्वास्थ्य चौकी ल्याइएको थियो।

हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य र सुरक्षित रहेको स्वास्थ्य चौकीले जनाएको छ।