महिला केन्द्रित कथाको नयाँ उदाहरणका रूपमा आगामी भदौ १२ गते फिल्म कोशेढुंगा रिलिजमा आउने भएको छ।
कथाको नेतृत्व महिला चरित्रले गर्छ, र यसको संकेत फिल्मको थिम पोस्टरमै स्पष्ट देखिइसकेको छ। पोस्टर र ट्रेलरले दर्शकलाई बुझाइसकेको छ– सुरक्षा पन्तको अपोजिटमा को देखिनेछ? निर्माण टिमले सार्वजनिक गरेका गीतले फिल्मको भावलाई अझ स्पष्ट बनाएको छ। प्रेमिल गीत भंगेरा भगेरी र नत्र भने जिन्दगी व्यर्थ छ अहिले टिकटकमा हिट छन्। यी दुवै गीतमा सुरक्षासंगको जोडीमा नयाँ अनुहार मन्जिल कुमार देखिएका छन्।
चितवनका मन्जिल कुमारसँग केही नाटकमा अभिनय गरेका अनुभव भए पनि यसमा भने लिड रोलमा प्रस्तुत भएका छन्। गाउँले परिवेशमा फिट देखिएका उनले पूर्ण फिल्ममा कति स्क्रिन समय पाउने र कस्तो प्रदर्शन गर्नेछन् भन्ने रिलिजपछि थाहा हुनेछ। ‘अभिनयमा रुचि भएको अवस्थामा मैले राम्रो कथा र टिम पाएँ। अनुभवी निर्देशक र कलाकारसंग काम गर्न पाउनु मेरो लागि ठूलो अवसर हो। मैले दर्शकलाई नबिजाउने खालको प्रयास गरेको छु’ मन्जिल भन्छन्।
सरोज पौडेलको निर्देशनमा बनेको फिल्म नरदेवी फिल्म्स्को ब्यानरमा प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त र मन्जिल कुमारसंगै आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले लोकमणि सापकोटालगायतका कलाकारले अभिनय गरेका छन्। नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने फिल्ममा छायांकन संगीत आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेल, कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा, छायांकन बाबु श्रेष्ठ र सम्पादन नहकुल खड्काको रहेको छ।











प्रतिक्रिया