२०७ एम्पुल प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ

3.48k
Shares

उदयपुर।

प्रहरीले उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ हाडेबास क्षेत्रबाट एक जनालाई २०७ एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार शनिबार साँझ ७ बजे अस्थायी प्रहरी पोष्ट हाडेबासबाट गस्तीमा रहेको प्रहरीले चेकजाँच गर्ने क्रममा २०७ एम्पुल प्रतिबन्धित लागु औषधी ४ बटा सिरिन्जसहित १ जनालाई पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका वडा नं १० बोक्से घर भएका २२ वर्षका सुजन राउत रहेको र उनको साथबाट बुप्रिनो्र्फिन ६८ एम्पुल,डाइजेपाम ७२ एम्पुल, प्रोमेथाइजिन ६७ एम्पुल, प्रतिबन्धित लागु औषधी र ४थान सिरिन्ज्समेत पक्राउ परेकोले निजलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।