काठमाडौं ।
धनुषाका अधिवक्ता प्रमोद कुमार राय सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरी शनिबार धनुषा ल्याइएको हो।
रायसहित तीनजनाले १२ माघ २०८१ मा एक महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। पीडितको उजुरी प्रारम्भमा दर्ता नभएपछि उच्च अदालतको परमादेशपछि मात्र जाहेरी दर्ता गरिएको धनुषा प्रहरीले जनाएको छ। आज उनलाई अदालतमा पेश गरी म्याद थपको तयारी भइरहेको छ।











प्रतिक्रिया