नेपालमा सुनचाँदीको मूल्य घट्यो


काठमाडौं ।

नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।