विजय बरालको जनै हराएको मान्छे : सम्बन्धका धागामा भावनाको गाँठो


हालसम्मै सर्वाधिक कमाई गरेर इतिहास रच्न सफल फिल्म पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्वको दमदार अभिनयबाट दर्शकको मन जितेका अभिनेता विजय बराल फेरि मुख्य भूमिकामा पर्दामा फर्किँदै छन्।

यसपटक उनी जनै हराएको मान्छेः सम्बन्धका धागाहरूमा देखिँदै छन्, जसले भदौ ६ गतेदेखि देशव्यापी प्रदर्शनको यात्रा सुरु गर्नेछ। नेपालकै सबैभन्दा धेरै ग्रस कलेक्सन करिब पौने एक अर्बको व्यापार गर्न सफल ऐतिहासिक फिल्म पूर्णबहादुरको सारंगीको अप्रत्याशित सफलतापछि विजय बराल मुख्य भूमिकामा देखिने यो पहिलो फिल्म हो। त्यसैले दर्शकमाझ स्वाभाविक रूपमा कौतुहल छ—के यसपटक पनि उनले अघिल्लै जस्तो जादू देखाउन सक्नेछन्?

निर्देशक हिमाल न्यौपानेका अनुसार, यो पनि गाउ“को परिवेशमा बुनेको पारिवारिक र इमोशनल कथा हो। गरिबी, सम्बन्ध र पारिवारिक उतारचढावमा अडिएको कथा नेपाली दर्शकको मनमा छिर्ने उनले विश्वास गरेका छन्। विजय बराल पनि आशावादी छन् ‘कथा हाम्रो समाजको हो, त्यसैले दर्शकले आप्mनै जीवन देख्नेछन्’ बराल भन्छन्।

फिल्मको असोसिएट निर्देशक प्रेमगीत ३ का अभिनेता मनिष राउत हुन्। राउतले यसै फिल्मबाट निर्देशनमा पाइला चालेका छन्। फिल्ममा कलाकारको सूची पनि दमदार छ। विजय बरालस“गै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतले अभिनय गरेका छन्। पेपरक्लिपको व्यानरमा कमल न्यौपाने र विमल न्यौपानेद्वारा निर्मित फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकाल, संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी, डिओपी नवीन गुरुङ र फिल्मटोग्राफी कृष्ण परियारको रहेको छ। फिल्ममा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता छन्।

केही अघि सार्वजनिक फिल्मको ट्रेलरले जीवनको यथार्थ पस्केको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रको संघर्षलाई यथार्थ रूपमा चित्रण गरिएको छ। कथामा, बाबुको ऋण चुक्ता गर्ने र परिवारलाई पक्की घरमा बसाल्ने सपना बोकेर कोरिया जान घरबाट निस्किएका विजय काठमाडौंमै अड्किन्छन्।

सपना पूरा गर्न अरूको बन्धक बन्न बाध्य हुने उनले शहरमा जीवन चलाउन गरेका अनेक काम र भोगेका हन्डर देखाइएको छ। कोरिया जान नसकेपछि काठमाडौंमै बितेको संघर्षपूर्ण समय, भेटिने मिरुना मगरस“गको प्रेम, दिदी केकी अधिकारीको वैवाहिक पीडालगायतका भावनात्मक दृश्यले ट्रेलरलाई जीवन्त बनाएको छ। निर्माण पक्षको विश्वास छ—निम्नमध्यम वर्गीय आम नेपालीको कथा बोकेको फिल्मले गाउ“को गन्ध, जीवनको स्वाद र सम्बन्धको तातोपनासहित दर्शकको मन छुनेछ।