काजोल भाषाका कारण विवादमा


बलिउड अभिनेत्री काजोल भाषालाई लिएर विवादमा तानिएकी छन्।उनलाई भाषा विवादकै कारण मानिसहरुले सामाजिक सञ्जालमा ट्रोल गरिरहेका छन्। साथै मानिसहरुले उनलाई बाईकट गर्ने चेतावनी दि“दै हिन्दी भाषाका फिल्ममा काम नगर्न समेत भनेका छन्। हालै काजोलको एक भिडियो सामाजिक सञ्जालमा आएपछि उनी विवादमा तानिएकी हुन्।

काजो हालै मुम्बइमा आयोजित महाराष्ट्र राज्य फिल्म पुरस्कार समारोशमा सहभागी भएकी थिईन्। जहा“ उनी एक रिपोर्टरमाथि रिसाईरहेकी देखिईन्। किनभने उनले काजोललाई हिन्दी बोल्न आग्रह गरेका थिए। समारोहमा उनलाई भारतिय सिनेमामा उनको योगदनको लागि प्रतिष्ठित राज कपुर पुरस्कारबाट सम्मानित गरिएको थियो। सो पुरस्कार ग्रहण गरेर कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काजोलले अधिकाशं समय मराठी तथा अंग्रेजी भाषा बोलिन्। जहा“ उनी एक पत्रकारसँग हिन्दीमा बोल्न आग्रह गर्दा रिसाउ“दै गरेको अवस्थामा देखिन्छिन्। ‘अहिले म हिन्दीमा बोलु“? जसलाई बुझ्नुछ, उसले बुझ्नेछ’ उनले झर्कि“दै भनेकी थिइन्।

उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर भइरहेको छ र धेरै हिन्दी भाषी दर्शक काजोलप्रति आक्रोशित छन्। ‘यदि हिन्दी बोल्न गा¥हो छ भने हिन्दी फिल्ममा काम किन गर्छौ?’ उनीहरूले टिप्पणी गर्दै भनेका छन्। राज ठाकरे नेतृत्वको महाराष्ट्र नवनिर्माण सेना (मनसे) ले भनृ उक्त भिडियो आफ्नो आधिकारिक एक्स खाताबाट सेयर गर्दै काजोलको मराठी प्रयोगको समर्थन गरेको छ।

यद्यपि काजोलले सोही कार्यक्रममा हिन्दीमा पनि केही कुरा गरेकी थिइन् भन्ने कुरा उनले आफैंले सेयर गरेको भिडियोबाट पुष्टि हुन्छ। तर सामाजिक सञ्जालमा भाइरल भएको क्लिपमा उनको झर्किएको अंश मात्र देखाइएको छ, जसका कारण विवाद चुलिएको हो।