माइतीघरको फस्टलुक


रोहित अधिकारी फिल्म्स् प्रालिको व्यानरमा रविन शेरचन र धिरज तामाङद्वारा निर्मित तथा रोहित अधिकारीद्वारा प्रस्तुत फिल्म माइतीघरको फस्टलुक सार्वजनिक गरिएको छ।

फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको फस्टलुकमा कलाकारहरुको पात्र चित्रण गरिएको छ। पोस्टरमा उज्यालो बलिरहेको घरसमेत छ। यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ। फिल्मले तामाङ संस्कृतिको कथासमेत उठान गरेको छ। मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारले अभिनय गरेका छन्।

ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा र संवाद, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत रचना, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्व. जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

दशैंको अवसर पारेर असोज १३ गते फूलपातिको दिन रिलिजमा आउने फिल्मको शीर्ष गीतमा नृत्य गरेर विजय हुनेलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ। भदौको पहिलो साता रिलीज हुने गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर विजयी हुनलाई नगद पुरस्कार दिइने फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले बताए।
बसन्त नै बस्न खोज्छ यहा लोलाएर बोलको गीतको भिडियो भदौ २० गतेसम्म पठाइसक्नु पर्नेछ।