कास्की ।
नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन्। बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन्।
सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र साइना थापा पा“चौ भएका छन्। पहिलो हुनेले ७०, दोस्रोले ३० र तेस्रो हुनेले २० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन्।
जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चौथो र संस्कृति पाण्डे पा“चौ भए। प्रथम हुनेले ५०, दोस्रोले ३० र तेस्रो हुनेले २० हजार रुपिया“ पाए। वेष्ट कोरियोग्राफरको अवार्ड अमृत सुनारले जितेका छन्।
प्रतियोगितमा भारतीय चर्चित डान्स शो इन्डिया वेस्ट डान्सर सिजन–३ का विजेता समर्पण लामा, हिप हप इन्डियाका डान्सर नोर्बु तामाङ र बिटुडी ड्रेस सेन्टरका सञ्चालक स्मृति गुरुङ तामाङ निर्णायक थिए।











प्रतिक्रिया