काठमाडौं ।
रवि लामिछानेलाई भैरहवा कारागारबाट अड्डासार गरी ललितपुरस्थित नख्खु कारागारको सीआरसी ब्लकमा राखिएको छ।
सो ब्लकमा अघिल्लोपटक अफताब आलमजस्ता चर्चित कैदीहरू पनि राखिएका थिए।
कारागार स्रोतका अनुसार उनलाई करिब ४ सय कैदीबन्दी रहेको ब्लकको छुट्टै कोठामा राखिनेछ।
लामिछानेले जेठ १४ गते कारागार सरुवाका लागि निवेदन दिएका थिए, जुन अदालतले अनुमति दिए पनि तत्काल अड्डासार हुन सकेको थिएन।
गृह मन्त्रालयको निर्णयपछि उनलाई हिजो शनिबार काठमाडौं ल्याएर नख्खु कारागारमा राखिएको हो। कारागार पुर्याउँदा समर्थकहरूको बाक्लो भीड देखिएको थियो।











प्रतिक्रिया