मनसुन कमजोर, कोशी–बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा दक्षिणतर्फ रहेकाले हाल देशभर मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिईरहेकाले केही स्थानमा वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ। दिउँसो र राति कोशी, मधेस, सुदूरपश्चिम लगायतका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।