पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा


ललितपुर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको हो।

कारागारमा सरुवाका लागि लामिछानेले भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उनलाई नख्खु कारागार ल्याइएको हो।

नख्खु कारागार ल्याइएका उनलाई छुट्टै कोठामा रखिएको छ।