काठमाडौ ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले कार्यसम्पादन मूल्यांकनमा आफूलाई शून्य अंक दिए पनि देश-विदेशका नेपालीहरूबाट प्राप्त माया, सद्भाव र विश्वास नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।
बेलायतको अल्डरसटमा गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा बोल्दै उनले राज्यबाट आफू अपमानित भएको पीडा व्यक्त गरे।
उनले विद्युत प्राधिकरणमा आफ्नो नेतृत्वकालमा ४ हजार मेगावाट विद्युत उत्पादन र झण्डै ७ हजार मेगावाट निर्माणाधीन अवस्थामा रहेको बताए।
उनले विद्युत निर्यातबाट गत वर्ष १७ अर्ब रुपैयाँ आम्दानी भएको र ३० वर्ष घाटामा रहेको प्राधिकरणले आफ्नो कार्यकालमा ९० अर्ब नाफा कमाएको दाबी गरे।
कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्नुअघि घिसिङले प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै पञ्चे बाजासहितको र्यालीमा सहभागी भएका थिए।











प्रतिक्रिया