उजुरी किन दर्ता भएन भनी सर्वोच्चको सोधपुछ आदेश


काठमाडौँ ।  

सर्वोच्च अदालतले झापा निवासी भगवती देवी तुङ्गीले प्रहरी प्रधान कार्यालय, नक्सालका महानिरीक्षकविरुद्ध दर्ता गर्न खोजिएको उजुरी किन अस्वीकृत गरियो भनेर स्पष्टिकरण मागेको छ।

न्यायाधीश डा. हरिकृष्ण कार्कीको इजलासबाट जारी आदेशमा माग अनुसारको उजुरी दर्ता नगर्नुको कारण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।

उक्त उजुरीमा न्यायाधीश नरेन्द्रराज पन्ती, हरिकृष्ण उप्रेती र गङ्गाराम कंडेलका विषयमा समेत उल्लेख गरिएको थियो।

उजुरी दर्ता नगर्ने निर्णयलाई अदालतले गम्भीरतापूर्वक लिँदै महान्यायाधिवक्ताको कार्यालयलाई समेत जानकारी गराउन आदेश दिएको छ।