बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौको नख्खु कारागार स्थानान्तरण गर्न रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई आजै दिउँसो ३:१० बजे बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ ।
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।
जसमा अदालतले समेत अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको हो ।
रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रा स्व पा नेता कार्यकर्ताको भीड लागेको थियो ।











प्रतिक्रिया