काठमाडौं ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, ग्वाल्टारमा १५ शैयाको अत्याधुनिक आधारभूत अस्पताल सञ्चालनमा आउन लागेको छ। भदौ महिनाको अन्तिम साताबाट सञ्चालन हुने तयारीमा रहेको यस अस्पतालले स्थानीयवासीलाई आफ्नै गाउँमै आपतकालीन सेवा, नियमित स्वास्थ्य परीक्षण र विशेषज्ञ सेवा उपलब्ध गराउनेछ।
ब्याक टू लाइफ ईभी जर्मनीको आर्थिक सहयोगमा निर्माण भएको अस्पतालमा आधुनिक एक्स–रे, अल्ट्रासाउन्ड, प्रयोगशाला लगायतका उपकरणहरू जडान गरिएको छ। अस्पताल सञ्चालनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पाँच वर्षे सहकार्य सम्झौता गरिएको छ।
गोलन्जोरसहित आसपासका गाउँ र जिल्लाका बासिन्दालाई लक्षित गरी सेवा विस्तार गरिने र भविष्यमा अस्पताललाई २५ शैयासम्म पुर्याइने योजना गाउँपालिकाले बनाएको छ। स्थानीय बासिन्दाले गाउँमै उपचार पाउने भएपछि उत्साह व्यक्त गरेका छन्।











प्रतिक्रिया