बझाङमा केही दिन यता अनलाइन ठगि बिषयलाई लिएर अहिले बझाङको बौद्धिक लेवलको माहोल आन्तरिकरूपमा तातिरहेको छ । छ लाख सम्म जोहो गरिसक्ने ब्यक्तिलाई खोजी मीत्रता र सद्भावमा डुवाई अन्तरास्ट्रिय संस्था युएनएफपीएका बझाङ संयोजक धनबहादुर लम्साल र सोही संस्था संग आबद्ध शान्तबहादुर खड्काबाट हामी ठगियौ हामीलाई ठग्यो भनेर बझाङका केही समाजलाई प्रभाव पार्न सक्ने ब्यक्तिले फोन,म्यासेज र वाट्सप मार्फत ठगिएको सुचना दिई हामी रिपोर्टिङ तर्फ लाग्यौं ।
जो ठगिएका पीडित ब्यक्तिलाई छोटो समयमै करोडपति हुने सपना देखाई प्रत्येक ब्यक्तिबाट छ लाख असुलेको जनगुनासो सहित बैंकमा जम्मा गरेको भौंचर र कल रेकर्डिङ सबुत प्रमाणकोरूपमा पायौं । पत्रकारिता गरिरहेका ब्यक्तिलाई खेलौना र यस्तै त हुन् भन्ने मनसाय बनाएर खेलाई रहेका ब्यक्तिलाई सबैले बुझेका छन् र बुझिबुझि बुझ पचाउने चलन चलाएका छन् । पीडित भन्छन् हाम्रो पैसा लम्साल लगायतका मान्छेहरूले प्रलोभनमा पारी हामीले पैसा दिएका छौ हाम्रो पैसा ती ब्यक्तिबाट असुल गराई दिनु पर्यो भनेर भन्छन्त र कानुनी राज्यमा पत्रकारले पीडित र पीडकलाई समेटेर आफ्नो धर्म निभाउनु पर्छ र ऐनाको रूपमा उभिनु पर्छ ।
अहिले समुदायमा पत्रकारहरू पनि प्रलोभनमा परे यि पत्रकार पनि यस्तै हुन् भन्ने भ्रम परिसकेको छ यसको चिरफार गरेर टुङ्गो लगाउन पनि आवश्यक छ पट्टि बाधेका आँखा खुलाउनु छू । कानुनी राज्य हामीले सुईकार गरिसके पछि पीडितले पनि त कानुन अनुसार प्रक्रियामा आउनु पर्ने जिम्मेवारी छ ।
पीडित पक्ष आउन सकेनन् । बझाङ्गी जनमासमा दोस र सबै भन्दा गिरेका भनेको नै पत्रकार हुन् भन्ने भ्रमले मलाई पवित्र संगठन र राष्ट्रले मान्यता दिएको चौंथो अंगको रूपमा रहेको मेरो पेशा प्रति मैले गम्भीर भएर सोच्न बाध्य बनाएको छ । म सबैलाई स्पस्ट पार्न चाहन्छौ । एउटै बगैंचाको फुलमा पनि एउटै नासको सुगन्ध पाईदैन् ।
पवित्र संस्था नेपाल पत्रकार महासंघमा भविष्य देखेर लागेको व्यक्ति हुँ। हाम्रो धर्म र मर्मले हामीलाई बझाङबासी जनताको समस्या र आवाजलाई बीचको पुल बन्न बाध्य बनाएको छ। हामी तेस्रो पक्षको भूमिकामा रहँदै, सत्यको पक्षमा उभिन्छौं, जसको मूल्य शब्दमा होइन, कर्ममा तोकिन्छ।
हामीले यो पवित्र पेशा केही नभएर अँगालेका होइनौं, बरु धेरै सम्भावनाहरू छोडेर यसमा होमिएका हौं।तर विडम्बना के छ भने(हाम्रो समाजमा अझै पनि पत्रकारलाई खेलौना जस्तो हेर्ने, नचाहिँदो टिप्पणी गर्ने, र यथार्थ बुझ्नभन्दा पहिले नै आरोप लगाउने प्रवृत्ति बाक्लो छ। सम्बन्धित सरोकारवाला सबैलाई मेरो जिज्ञासा किन हाम्रो भूमिका र जिम्मेवारीबारे अपूर्ण बुझाइ छरु किन हाम्रो बोली र कामलाई फरक तराजुमा तौलिन्छरु के हामीसँग मन छैन, भावनाहरू छैनन्रु हलुकारूपमा पत्रकारिता बुझेका ब्यक्तिलाई म भन्न चाहन्छु गहिरिएर बुझ्न अनुरोध पनि छ । पत्रकारितामा लाग्न सजिलो हुँदैन ।
यो पेशा चमकदमकबाला होइन, यो संघर्ष हो। यहाँ सत्य बोल्नु पर्दा मित्र गुमाउनु पर्छ, अनुशासन पालना गर्दा अवसरहरू त्याग्नु पर्छ, र निष्पक्षता कायम राख्दा शक्तिशालीहरूलाई असजिलो पार्नु पर्छ।यसैका कारण कतिपय हामीलाई ‘खेलौना’ बनाउन खोज्छन्आफ्नो स्वार्थ र इच्छाअनुसार घुमाउन सकिन्छ भन्ने भ्रममा छन् । तर म भन्न चाहन्छु कि सुत्दाको एक घण्टा समय छुट्यायर पत्रकार र पत्रकारिता बारे सम्झनु पर्छ ।
पत्रकार समाजको ऐना हो। ऐनामा आफ्नो अनुहार देख्दा दोष पाउनु ऐनाको होइन, अनुहारको हो।मेरा डेढ दशकका लेख र कर्महरूले यही देखाएका छन् । म यो पेशामा सन्तुष्ट छु । पत्रकारिता केवल पेशा होइन, यो सेवा पनि हो,यो व्यक्तिगत लाभको खेल होइन, यो जनताको अधिकारको युद्ध पनि हो ।यस पेशामा साँचो, साहस, र सत्य नै हाम्रो अस्त्र र कवच हो। यदि हामीलाई खेलौना ठान्ने मानसिकता बदल्नुपर्छ भने,हामी आफैंले आफ्नो सत्यता, पारदर्शिता, र निष्ठाको उदाहरण देखाउनै पर्छ।
किनकि अन्ततःसम्मान कसैले दिएर होइन, कर्म देखाएर कमाइन्छ। अन्तिममा जो अहिलेको जल्दो बल्दो जिल्लाको मुल सवाललसंग जोडिएको बिषय छ यस प्रती जिल्लाको सरोकारवाला निकाय गम्भीर भएर लाग्न आवश्यक छ । अहिले पत्रकारलाई मात्र खेलौना बनाएको हैन् यहाँ बझाङको गृह प्रशासन संग पनि सिधै जोडिन्छ । साच्चिकै बझाङ र बझाङ्गी समाज सुधारका लागि लाग्ने हो कर्म गर्ने हो भने एक पटक शासक र मनै नभएको भावनाले अधिकार प्रयोग गर्न आवश्यक देखिन्छ । तपाईलाई यो मेरो मनको भावनाको आटिकल कस्तो लाग्यो रचनात्मक सुझाव सल्लाहको अपेक्षा रहेको छ ।











प्रतिक्रिया