बागमतीमा आधा कार्यकालमै तीन पटक सरकार परिवर्तन


काठमाडौं ।

बागमती प्रदेशको दोस्रो कार्यकालको आधा अवधिमा तीन पटक सरकार फेरिएको छ। २०७९ पुस २५ मा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेपछि सरकार तीन पटक परिवर्तन भएको हो। जम्कट्टेलको नेतृत्वमा विभिन्न गठबन्धनबाट ३६ जना मन्त्री बने।

पछि कांग्रेसका बहादुर सिंह लामा मुख्यमन्त्री भए। उनको सरकारमा १४ मन्त्री थिए — एमालेका ६ र कांग्रेसका ८, अहिले इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन्। उनले एमाले र कांग्रेस मिलाएर १४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्, जसमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री छन्।

बागमतीको अस्थिर राजनीतिक स्थितिले छोटो समयमा बारम्बार सरकार परिवर्तन भएको छ।