काठमाडौँ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको कारण नेपालमा मनसुन कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ।
कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति सुदूरपश्चिम, लुम्बिनी र अन्य पहाडी तथा केही तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











प्रतिक्रिया