काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । यस्तै निगमले डिजेल र मट्टितेलकाे मूल्य भने घटाएको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।












प्रतिक्रिया