जोमसोममा राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन आयोजना : ७५३ पालिकाका प्रमुखलाई निम्तो


काठमाडौं ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि आगामी भदौ ३१ गते जोमसोममा राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन आयोजना गर्न लागेको छ। सम्मेलनमा देशभरिका ७५३ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरूलाई सहभागी हुन निमन्त्रणा पठाइएको छ।

स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी’ नारासहित आयोजना हुने सम्मेलनमा सहभागीहरूले आफ्ना पालिकामा जलवायु परिवर्तनले पारेको असर, फोटो र एक नारा तयार गरी पठाउनु पर्नेछ।

आयोजक पालिकाले सहभागी प्रमुख रअध्यक्ष र चालकका लागि भदौ ३० र ३१ गते खाना, बास र खाजाको व्यवस्था गर्ने जनाएको छ।