बागमतीमा मन्त्रिपरिषद विस्तारको तयारी, कांग्रेसका ५ मन्त्री थपिने


काठमाडौं ।

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी तीव्र भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

कांग्रेसबाट कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री बनाउने योजना रहेको स्रोतको भनाइ छ। उनीहरूलाई शुक्रबार हेटौंडा बोलाइएको छ।

हाल बागमती सरकारमा कांग्रेसका तीन र एमालेका छ मन्त्री छन्। कांग्रेस र एमालेबीचको सहमतिअनुसार कांग्रेसले ८ र एमालेले ६ मन्त्रालय पाउने व्यवस्था छ।

प्रदेश प्रमुख कार्यालयले नाम आधिकारिक रूपमा नआए पनि आजै नियुक्ति र शपथको सम्भावना रहेको जनाएको छ।