काठमाडौँ ।
काठमाडौँको मनोहरा क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ।
बागमती सभ्यता विकास समिति र काठमाडौँ महानगरपालिकाले डोजर चलाउँदा स्थानीयले ढुंगामुढा गरेपछि केही नगर प्रहरी घाइते भएका छन्।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पटक–पटक सूचना दिए पनि अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो। हालसम्म २०–२५ घर टहरा हटाइसकिएको र अवस्था अझै तनावग्रस्त रहेकाले थप सुरक्षा बल खटाइएको छ।











प्रतिक्रिया