काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) को सातौँ सचिवालय बैठकले वरिष्ठ नेता वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयता प्रदान गरेको छ। अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमलाई यो जिम्मेवारी दिइएको हो।
बैठकमा राष्ट्रिय एकता अभियानबाट आएका नेताहरुलाई पनि जिम्मेवारी बाँडफाँड गरिएको छ। डिबी कार्की, तुलसी थापा र लोकनाथ धमला पोलिटब्युरो सदस्यमा नियुक्त भएका छन् भने भगवती विष्टसहित ९ जना नयाँ केन्द्रीय सदस्य बनाइएको पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।











प्रतिक्रिया