गणतन्त्रको संरक्षणमा कांग्रेस दृढ : शेरबहादुर देउवा


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन्।

सानेपामा आयोजित कार्यक्रममा देउवाले मगर समुदायका प्रथम शहीद लखन थापा मगरको स्मरण गर्दै आदिवासी जनजातिको अधिकार र पहिचान संरक्षणमा कांग्रेस प्रतिबद्ध रहेको बताए।

जलवायु परिवर्तन न्यूनीकरणमा पनि आदिवासी समुदायसँग सहकार्य गर्न कांग्रेस तयार रहेको उनले स्पष्ट पारे।