स्थानीय सम्भावनाबाटै आत्मनिर्भरता सम्भव : अध्यक्ष दाहाल


काठमाडौं ।

भक्तपुरमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्रकै सम्भावनाको रचनात्मक उपयोग गरेर नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताएका छन्।

उनले रोजगारी सिर्जनाको लागि स्थानीय तहबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै विदेशी मोडेलको नक्कल गर्नु दुर्भाग्यपूर्ण भएको बताए।

प्रचण्डले नेपालको इतिहास, संस्कृति र भाषाप्रति गर्व गर्ने मानसिकता विकास गर्नु आजको मुख्य चुनौती भएको धारणा राखे। प्राकृतिक स्रोत र मौलिक विकासको मोडलबाटै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण सम्भव हुने उनले उल्लेख गरे।