मनसुन कमजोर, साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना


काठमाडौँ ।

मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन कमजोर हुने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली, अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी ठाउँमा हल्का वर्षा भएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीहरू सामान्य अवस्थामा छन्।

ताप्लेजुङदेखि दार्चुलासम्मका पहाडी जिल्लामा साना नदीहरूको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ। सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।