ओली–मोदी भेट बोधगयामा तय


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। परम्परागत रूपमा हैदराबाद हाउसमा हुने बैठक यसपटक गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयामा हुन लागेको हो।

प्रधानमन्त्री ओली भदौ ३१ गते दुई दिने भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ। भ्रमणका लागि भारतीय विदेश सचिव बिक्रम मिस्री आईतबार काठमाडौं आउने र प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम छ।

मिस्रीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलगायतसँग भेटवार्ता गरी सोमबार फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।