यहाँ एउटा राम्रो कुराको चर्चा गर्न लागिएको छ । त्यो कुरा तपाईंहरू सबैको हो, हरेक व्यक्तिको हो । कुनै समाजको होइन, किताबको होइन– त्यो कुरा हो, तपाईंको । प्रत्येक व्यक्तिको । कुरा के हो त ? हामी सबैको जीवनमा सुख र दुःख भइरहन्छ । तिनका कारण भिन्दा–भिन्दै हुन सक्छन्, तर सुख र दुःख आइरहन्छन् । मान्छेले बच्चाहरूलाई हेरेर भन्दछ, ‘यिनीहरू त सधैँ खुशी रहन्छन् । यिनीहरूलाई केही दुःख छैन ।’ होइन, उनीहरूको पनि दुःख छ– गृहकार्य गर्न बिर्सें भने शिक्षकले के भन्लान् ? चिन्ता लागिरहन्छ । उनीहरू ठूला हुँदै जान्छन्, तर चिन्ता परिवर्तन हुँदैन, चिन्ताको कारण मात्र बदलिन्छ । किनकि, स्कुलबाट पास भएपछि शिक्षक त हुँदैनन् तर शिक्षकको ठाउँमा मालिक आउँछन् । नोकरी गर्ने स्थानका मालिक हुन्छन् । यदि केही काम तलमाथि भयो भने उनले गाली गर्छन् ।
यस संसारमा जति पनि सुख र दुःख छन्, ती सबै सुख र दुःखभन्दा पर एउटा अर्र्र्र्र्र्र्कै संसार छ, जसमा बेग्लै किसिमको सुख र दुःख हुन्छ । त्यो संसार अलग्गै छ । त्यो संसार तपाईंभित्र छ । त्यस संसारमा पनि सुख र दुःख हुन्छ । के दुःख छ ? त्यो हृदयको संसारमा त्यो सुखलाई नपाउनु नै सबैभन्दा ठूलो दुःख हो । जुन आफूभित्रको शान्ति छ, त्यसलाई प्राप्त नगर्नु नै उसका लागि दुःख हो । हृदयलाई त्योभन्दा दुःख अर्को हुँदैन । त्यसका लागि ऊ रुन्छ, ‘त्यो शान्तिलाई जान ।’ जुन बाहिरका चिजहरू छन्, हृदयलाई तीसँग केही लिनुदिनु छैन । तपाईं कुन रङ्गको साडी लगाउनुहुन्छ भन्ने कुरासँग हृदयलाई केही सरोकार हुँदैन । तपाईंका जुत्ताहरू कुन रङ्गका छन्, हृदयलाई त्यससँग केही मतलब छैन । तपाईंको नाम के हो, तपाईंको जुँगा कस्तो छ– यदि एकदिन तपाईंको जुँगा छ र अर्को दिन तपाईंले त्यसलाई काट्नुभयो भने हृदयलाई त्यससँग केही लिनुदिनु छैन । हृदयलाई एउटै कुरासँग सरोकार छ– हृदयमा शान्ति छ या अशान्ति छ । वास्तविक शान्ति । नाममात्रको शान्ति होइन ।
नामको कुरा होइन । ‘भगवान्–भगवान्’ जपेर भगवान् प्राप्त हुँदैनन् । यदि कसैको नाम ‘ज्ञानी’ छ भने त्यसको अर्थ उसलाई ज्ञान भयो भन्ने त होइन । त्यो त नाम मात्रै हो । यदि कसैको नाम ‘धनीराम’ छ भने तपाईं के ठान्नुहुन्छ– ऊ केही नगरेरै धनी हुन्छ होला त ? कैयौँ भिखारी होलान्, जसको नाम धनीराम होला । आमा–बुबाले ‘धनीराम’ नाम त राखिदिन्छन् तर ऊ भिखारी नै हुन्छ । जबसम्म अनुभूति हुँदैन, तबसम्म नाम जपेर केही पनि हुँदैन । किनकि, यस संसारका मानिसहरूले के ठान्छन् भने ‘शान्ति–शान्ति’ भनेर जप्यो, भगवान्लाई हात जोड्यो, बास् ! मेरो कर्तव्य सकियो । होइन हजुर, तपाईंलाई भोक लागेर घर पुग्दा तपाईंकी श्रीमतीले तपाईंलाई ‘खाना–खाना, खाना–खाना’ भनेर जप्न शुरु गर्नुहोस् अनि एक घण्टामा तपाईंलाई खाना प्राप्त हुनेछ भनेर भनिन् भने के तपाईं यो कुरासँग सहमत हुनुहुनेछ ? होइन, खाना त खाने चिज हो । यदि भोक लागेको छ र खाना खानुभयो भने मात्र त्यसबाट तपाईंको भोक मेटिनेछ ।
तपाईंभित्र जुन अशान्ति छ, त्यो अशान्ति के हो ? त्यो हो– शान्तिको भोक । तपाईंले त्यो साँचो शान्तिलाई आपूmभित्रै अनुभूत गर्नुभएपछि मात्र तपाईंको जीवनमा अशान्ति हट्नेछ । यदि तपाईं ठूलो घर बनाएपछि शान्ति हुनेछ भनेर ठान्नुहुन्छ भने यो गलत कुरा हो । घरसँग शान्तिको केही सरोकार छैन । राम्रो जागिरसँग पनि शान्तिको केही सम्बन्ध छैन । राम्रा चिजहरूसँग शान्तिको केही सरोकार छैन ।
तपाईंभित्र जुन अशान्ति छ, त्यो अशान्ति के हो ? त्यो हो– शान्तिको भोक । तपाईंले त्यो साँचो शान्तिलाई आपूmभित्रै अनुभूत गर्नुभएपछि मात्र तपाईंको जीवनमा अशान्ति हट्नेछ । यदि तपाईं ठूलो घर बनाएपछि शान्ति हुनेछ भनेर ठान्नुहुन्छ भने यो गलत कुरा हो । घरसँग शान्तिको केही सरोकार छैन । राम्रो जागिरसँग पनि शान्तिको केही सम्बन्ध छैन । राम्रा चिजहरूसँग शान्तिको केही सरोकार छैन ।
यसपछि तपाईंहरू सबैले यो प्रश्न सोध्नुपर्छ– वास्तविक शान्ति के हो ? सारा संसारमा मानिसहरू समक्ष म शान्तिको चर्चा गर्दछु । शान्तिका बारेमा मान्छेहरूका जति गलत धारणा छन्, शायद अन्य कुरामा त्यति गलत धारणा नहोला । मान्छेहरूलाई साँचो शान्ति के हो भन्ने कुराको अवगतै छैन । मान्छे के ठान्दछ भने, यदि लडाइँहरू बन्द भए भने शान्ति हुनेछ । त्यो शान्ति होइन । त्यो त युद्धविराम हो । लडाइँको मैदानमा पनि त्यो वास्तविक शान्तिको अनुभूति हुन सक्छ ।
सृष्टिकर्ताले सबैथोक बनाएका छन् । मानिसलाई बनाए, सुन्दर बनाए । उनले मानिसलाई सबै कुरा दिएका छन् । सबैलाई सबैथोक दिएका छन् तर मानिसले त्यसलाई चिनेको छैन, बुझेको छैन । पहिचान गरेको छैन । शान्ति के हो र कहाँ छ भनेर परिभाषाहरूमा नै लागेका छन् । मान्छेहरू के भन्दछन् भने, शान्ति तब हुनेछ जब सबै मान्छेहरू झगडा गर्न छोड्नेछन् । मानिसहरू लड्न कहिले छोड्छन् ? जसले लड्नु आवश्यकै छैन, ऊ पनि लड्छ । यसको त कुनै सीमा नै रहेन । त्यसैले वास्तविक शान्ति तपाईंको हृदयभित्रै छ, त्यसको अनुभूति गर्नुहोस् । जबसम्म आपूmभित्र शान्तिको अनुभूति हुँदैन, तबसम्म तपाईंका सारा कुरा अधुरै रहन्छन् ।
अनुभवको कुरा हुनुपर्दछ । तपाईंको जीवनमा यो प्रश्न कहिल्यै पनि हुनुहुुँदैन– शान्ति छ कि छैन ? किनकि तपाईंलाई अवगत हुनुपर्दछ– त्यो शान्ति तपाईंभित्रै छ र तपाईं त्यसको अनुभूति गर्न सक्नुहुन्छ । त्यसको अनुभूति गर्नुपर्दछ । यसमा केही टिप्पणी आवश्यक छैन । कुनै परिभाषाको आवश्यकता नै हुँदैन । कुनै किताबको आवश्यकता नै पर्दैन । कुनै पनि चिजको आवश्यकतै हुनुहुँदैन । तपाईंभित्र शान्तिको अनुभूति हुनुपर्दछ । जबसम्म त्यसको अनुभूति हुँदैन तबसम्म तपाईं लागिरहनुहुनेछ, परिश्रम गरिरहनुहुनेछ ।
म त साङ्लो चुँडाउने कुरा गर्दछु, किनकि तपाईं कैदी हुनुहुँदैन । तपाईं स्वतन्त्र हुनुपर्छ । भित्रैबाट स्वतन्त्र हुनुपर्छ । मान्छेलाई अज्ञानताको साङ्लोले बाँधेको छ । मान्छे अज्ञानताको साङ्लोमा बेरिएको छ । मान्छेले आपूmलाई स्वतन्त्र छु भन्ने ठान्छ । यथार्थमा स्वतन्त्र त त्यो मान्छे हो जसले आपूmभित्रको शान्तिलाई बुझ्यो, पहिचान ग¥यो । ऊ हुन्छ स्वतन्त्र ! उसका लागि कुनै साङ्लो छैन । उसका लागि अज्ञानता छैन । अज्ञानताले उसको केही बिगार्दैन । किनकि, उसलाई त्यस चिजको अनुभूति भएको छ । स्वयम् आफ्नो ज्ञान भएको छ, जुन उसको हृदयमा अवस्थित छ । एक दिनका लागि होइन, दुई दिनका लागि होइन, तीन दिनका लागि होइन– जीवनभरिका लागि ।
तपाईंलाई म सबैभन्दा ठूलो खुशीको खबर सुनाउँछु । भर्खरै तपाईंभित्र श्वास आयो, योभन्दा ठूलो खुशीको खबर छैन । यो श्वास आयो– जसै आयो, तपाईं जीवित हुनुहुन्छ । यो जानेछ र फेरि आउनेछ । के तपाईंले यसलाई बुझ्नुभयो ? यो के हो ? के बसेको छ यसमा ?
यो श्वासभित्र कुनै प्रश्न छैन, केही द्विविधा छैन । यसमा वास्तविक शान्ति रहेको छ । यो जुन श्वास आइरहेको छ, यसमा सृष्टिकर्ताले श्वासरूपी कोक्रोलाई हल्लाइरहेका छन् । यो हो मस्ती ! यो हो साँचो मस्ती ! यसमा मस्त हुनुहोस् । यस्तो आनन्द तपाईंले अन्त कतै पाउनुहुन्न । कस्तो आनन्द ! दुःखमा, सुखमा, तपाईं जहाँ जानुहुन्छ, यसबाट तपाईं अलग्गिन सक्नुहुन्न । जुन दिन तपाईं यसबाट बञ्चित हुनुहुनेछ, त्यस दिन सबै गयो । सबै गयो । विचार गर्नुहोस् त– यो हो भगवान्को कृपा । र, यो कृपा तपाईंमाथि भयो, भर्खरै भयो । के तपाईंलाई थाहा छ, यो कहिलेदेखि चलिरहेको छ ? हरेकचोटि यो श्वास चल्दा सृष्टिकर्ताले तपाईंलाई आशीर्वाद दिन्छन् । आफ्नो कृपा तपाईंमाथि गर्छन् ! यसलाई बुझ्नुहोस् । यदि तपाईं बुझ्नुहुन्न भने म बुझाउन सक्छु ।
म के भन्न चाहँदिन भने, यदि तपाईंले शान्तिको अनुभूति गर्नु छ भने तपाईंले संन्यास लिनुपर्छ, यदि तपाईंलाई यो चिज चाहिन्छ भने तपाईंले आफ्नो परिवार छोड्नुपर्छ । अहँ, होइन । जस्तो तपाईं हुनुहुन्छ, त्यस्तै रहनुहोस् । फुल्नुहोस्, फल्नुहोस् र अभैm प्रगति गर्नुहोस् । म त के भन्न चाहन्छुु भने, जे तपाईं गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस् तर भित्र पनि फुल्नुहोस्, फल्नुहोस् । तपाईं आफ्नो जिन्दगीमा के चाहनुहुन्छ त्यो तपाईंमाथि निर्भर छ । तपाईंलाई उनले शक्ति दिएका छन् । तपाईं जे चाहनुहुन्छ, गर्न सक्नुहुन्छ । तपाईं एउटा काम गर्न सक्नुहुन्छ– तपाईं आफ्नो जीवनमा शान्तिको स्थापना पनि गर्न सक्नुहुन्छ ।
मान्छे नास्तिकबाट आस्तिक बन्न सक्छ । भगवान्मा विश्वास गर्न सक्छ । भगवान्मा विश्वास गर्ने मानिस नास्तिक पनि बन्न सक्छ । भगवान्मा विश्वास नगर्ने मानिस भगवान्मा विश्वास गर्ने व्यक्ति बन्न सक्छ । यी सबैथोक सम्भव छन् । यदि यो सबैथोक सम्भव छ भने तपाईंभित्र अवस्थित जुन शान्ति छ, त्यसलाई अनुभव गर्न पनि सम्भव छ । त्यसलाई बुझ्नुहोस् ! सोच्नुहोस्, विचार गर्नुहोस् ! यो तपाईंको जीवन हो । त्यसमा त्यो शान्तिको अनुभव गर्नका लागि जे–जे गर्न आवश्यक छ, त्यो गर्नुहोस् ।
कोही शारीरिक रूपले निकै सक्षम र बलिया हुन्छन् । यद्यपि यो सधैँ रहिरहँदैन । उमेर ढल्कँदै गएपछि सबैथोक अहिले भएजस्तै त्यतिखेर हँुदैन । मानिसको वास्तविक क्षमता के हो त ? एउटा यस्तो क्षमता छ जुन सबैभित्र छ, चाहे ऊ गरिब होस् या धनी । हामीले प्रयोग नै नगरेको त्यो क्षमता के हो ? त्यो क्षमता हो– आपूmले आपैmँलाई चिन्ने अनि वास्तविकतालाई अपनाउने । हामी जीवित भएसम्म निराश हुन आवश्यक छैन । यो हो हाम्रो वास्तविक सामथ्र्य ! यो मानिसको साँचो क्षमता हो– आपूmले आपैmँलाई चिन्नु, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण बनाउनु ।
‘मेरा बारेमा अरूले के सोचिरहेका छन्’ भनेर मानिसले सोच्नुहुँदैन । यदि तपाईं जीवनमा कुनै कारणले असफल हुनुभयो भए पनि त्यो असफलतालाई कहिल्यै स्वीकार नगर्नुहोस् । पहिला पनि तपाईंले यस्तो गर्नुभएको छ । बाल्यावस्थामा तातेताते गर्दै हिँड्न सिकिरहेको समयमा कैयौँपटक तपाईंले उठ्ने कोशिश गर्नुभयो तर फेरि लड्नुभयो । हिँड्न नसिकेसम्म तपाईंले हारलाई स्वीकार गर्नुभएन । परिणामस्वरुप तपाईंले हिँड्न सिक्नुभयो ।
हामीभित्र श्वास आइरहेको कारणले नै हामीसँग यो सामथ्र्य छ । अर्थात्, हामी जीवित छौँ । यो कुनै सानोतिनो कुरा होइन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, जीवित भएकै कारणले मानिससँग यो क्षमता छ । तपाईंलाई यो वास्तविकता अवगत भएपछि तपाईं कति शक्तिशाली हुनुहुन्छ भन्ने कुरा बझ्नुहुनेछ । सृष्टिकर्ताले उपहारका रूपमा दिएका तपाईंको वास्तविक क्षमता के हो ? कुरा के मात्र हो भने हामीले आफ्नो जीवनमा त्यसलाई स्वीकार गरिरहेका छौँ या छैनौँ ? यदि स्वीकार ग¥यौँ भने त्यो क्षमता हामीबाट टाढा छैन ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।











प्रतिक्रिया