आस्थाले ल्याइन् बोल्ड कम्मरै मर्काएर


गायिका आस्था राउतले कम्मरै मर्काएर गीत सार्वजनिक गरेकी छन्।
खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ। गीतले जिन्दगी हाँस्दै , गाउँदै र नाच्दै खुसी भएर बाँच्न प्रेरित गर्छ।
मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीतले साथीसंगीलाई हाँसेर बोल्न र हाँसेर जिउन आग्रह गरिएको छ।

गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ। ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक छ। शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन्।

‘गीतजस्तै भिडियो पनि राम्रो बनेको छ। हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौं आस्था भन्छिन्, ‘तीजमा कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ।’ महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन्।