काठमाडौं
चिनियाँ बाल परीकथा संग्रह ‘सानी चरीको गीत’को आज बालाजुस्थित सिद्धार्थ वनस्थली ईन्स्टिच्युटमा लोकापर्ण गरिएको छ । चिनियाँ साहित्यकार लेउ तिहाङ्ले लेख्नुभएको चिनियाँ भाषाका बाल कथाहरुलाई डा. सवोत्तम श्रेष्ठले नेपालीमा अनुवाद गरेका हुन् । पुस्तकमा सानी चरीको गीत, साथीको प्रतीक्षा, माछा र झिंगे माछाको लुकामारी, हात्ती आमा, भ्यागुते बाजा, लोखर्के बाजेलाई दिने उपहारलगायत २२ वटा बाल कथाहरु समेटिएका छन् ।

लोकार्पण समारोहमा लेखक लेउले चीनमा घटना प्रधान र भावना प्रधान गरी दुई थरीका परी कथा पाइने र यो पुस्तकमा समेटिएका बाल कथाहरु चाहीं भावना प्रधान भएको बताए । उनले सपना बालबालिकाहरुको साझा भाष र परीकथा बालबालिकाका स्वाभाविक साथी भएको जिकिर गर्दै यो परीकथा चीनका मात्र नभई विश्वभरका कल्पनाशील बालबालिकाका साझा कथा भएको बताए ।

कार्यक्रममा सिद्धार्थ वनस्थली ईन्स्टिच्युटका प्राचार्य रुपक राजबंशीले बालकथाले बालबालिकाको कल्पनाशीलतालाई उडान दिंदै उनीहरुको दिमागलाई रचनात्मक बनाउने बताए । उनले बाल साहित्यले कल्पनाशक्ति र सृजनात्मकता विकास गर्न, भाषिक क्षमता र अभिव्यक्तिको अभ्यास गर्न, सामाजिक मूल्य र नैतिकताको पाठ सिकाउन सहयोग पुर्याउने धारणा राखे।
चिनियाँ बाल कथाका अनुवादक डा. सर्वोत्तम श्रेष्ठले यसअघि समकालीन चिनियाँ साहित्यको ६ वटा पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन् ।












प्रतिक्रिया