काठमाडौँ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सक्रिय रहँदा आगामी २४ घण्टा पश्चिम र मध्य नेपालमा वर्षा बढी हुने सम्भावना छ।
हाल देशभर बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, भूक्षय र डुबानको जोखिमबारे सतर्क रहन महाशाखाले आग्रह गरेको छ।











प्रतिक्रिया