आगामी भदौ २७ गते रिलिजमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ को खुशी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष ६ पात्र छन्। जसको शीर्ष स्थानमा लामो कपाल र दारीमा खुशी चेहराका साथ कामेश्वर चौरसिया छन्। पोस्टरमा शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी पनि छन्। प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छन्। यो पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन।
जिल्ला कारागार मोरङ छ। अर्को एक सरकारी कार्यालय पनि देखिएको छ। पोस्टर र कलाकारको अनुहारमा गरिएको रङ संयोजनले आट, तनाव र गंजागोलको संकेत गरेको छ। भदौ २७ गते रिलिज हुने फिल्मको हिन्दी भर्सन असोज ६ गते रिलिज हुने फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहा“बाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ।
कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म सेभेन सिज फिल्मको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीको निर्माण गरेका छन् भने सुशान्त गौतमले डेब्यु निर्देशन गरेका छन्। मदन थापा क्रिएटिभ निर्देशक रहेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, सुप्रिम पराजुलीको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।











प्रतिक्रिया