जनकपुरमा पत्रकार र वकिलबीच  झडप, तीन पत्रकार घाइते


जनकपुरधाम।

 नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुन अनुरुप २० वर्षका लागि लिजमा लिएको जग्गामा नेपाल बार एसोसिएसन जनकपुरले अनावश्यक रुपमा हस्तक्षेप गरेपछि बार र संचारकर्मीहरु बिचमा विवाद सृजना भएको छ । 

 मंगलबार नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरुको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जारा, महासचिव क्रान्ति, पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्।

 जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर ४ स्वर्गद्वारा छेउमा नै रहेको ४ कठठा जग्गा गुठिसंस्थानसँग लिजमा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बार एसोसिशएसन जनकपुरधामका अधिवक्तहरुले अवरोध सृजना गरेपछि संचारकर्मीहरु र पत्रकार बिचमा विवाद भएको दुवै पक्ष बिचमा झडपको अवस्था सृजना भएको छ ।

 सो जग्गा महासंघले प्राप्त गरेपछि अधिवक्ताहरुले सो जग्गामा आफनो गाडी राख्न थालेका थिए ।

महासंघले जग्गा प्राप्त पूर्व खाली ठाउँ रहेको जग्गा महासंघले जग्गा लिएर भवन निर्माणको लागि जग्गा समाउन थालेपछि उनीहरुले पार्किंग गर्न थालेका थिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले सो जग्गा आफूहरू रहेको र वैधानिक रुपमा प्राप्त गरेपछि अनावश्यक रुपमा बारले बखेडा सृजना गरेको जानकारी दिए ।