सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?


काठमाडौँ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कारोबारमा कारोबार भइरहेको छ । हिजो सोमबार सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


.